थानकोट चेकपोष्टमा माघ १० गते निःशुल्क आँखा शिविर सञ्चालन हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
माघ १० गते मंगलबार चन्द्रागिरि नगरपालिका वडा नं. ७ को कार्यालय तथा नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताला तथा अध्ययन केन्द्रको संयुक्त आयोजनामा सो शिविर स्थानीय ज्येष्ठ नागरिक भवन दिवा सेवा केन्द्रमा सञ्चालन हुने वडाध्यक्ष शम्भुकुमार केसीले जानकारी दिनुभयो ।













