चोभार जलविनायक नजिक कार दुर्घटनापछि हराइरहेका व्यक्ति मृत भेटिए

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकास्थित चोभारमा गत सोमबार साँझ एक कार सडकबाट नदी किनारमा खस्दा बेपत्ता भएका व्यक्ति मृत फेला परेका छन् ।

प्रहरीका अनुसार चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा ५ च ५६५४ नम्बरको कार जलविनायक मन्दिर नजिकबाट बागमती नदी किनारमा खसेको थियो । 

बेपत्ता हुनेमा दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने अन्दाजी ४७ वर्षीय राजकुमार खत्री थिए। 

कारमा सवार उनकी श्रीमती अम्बिका लामिछाने खत्रीको प्रहरीले उद्धार गरी बल्खुस्थित बयोधा अस्पतालमा पुर्‍याएको थियो। उनको उपचार जारी छ । 

प्रहरीले सोमबार नै बागमती नदी किनारमा खसेको कार क्रेनको मद्दतले निकालिसकेको थियो ।

खत्रीको शव सशस्त्र र जनपथ प्रहरीकाे टाेली दुर्घटनाको चार दिनपछि फेला पारेको हो । 

खत्रीको शव पोस्टमर्टनका लागि अस्पताल पठाइने कीर्तिपुर प्रहरी वृत्त प्रमुख डिएसपी पुरूषाेत्तम पाण्डेले जानकारी दिए ।

तस्बिरः वीरेन्द्र शाक्य


Leave a Reply

Your email address will not be published. Required fields are marked *