सोमबारदेखि चन्द्रागिरि लगायतका क्षेत्रमा वर्षा हुने सम्भावना
थानकोट ।
आउने सोमबारदेखि देशका धेरै ठाउँमा हिउँदे वर्षा हुने भएको छ ।
काठमाण्डौ उपत्यकासहित विभिन्न पहाडी क्षेत्र र तराईका धेरै ठाँउमा हिउँदे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै देशको उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
आज पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक वा दुई ठाउँमा हल्का वर्षा र हिमपात पनि भएको छ ।














