चन्द्रागिरि नगरपालिकामा भ्याक्सिनेटरहरूका लागि काम गर्ने अवसर
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन हुने पशु खोप कार्य सञ्चालनका लागि पशु स्वास्थ्य प्राविधिक भ्याक्सिनेटरका आवेदन माग गरेको छ ।
नगरबाट जारी सूचनामा निजी स्तरमा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरूले खोरेत, पिपिआर र स्वाइन फिभर रोग विरूद्धको खोप लगाउनका लागि आवेदन माग गरिएको हो ।














