प्रतिनिधि सभाको उपसभामुख पदका लागि निर्वाचन आज

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।  सो पदका लागि शुक्रबार दुई जनाको उम्मेदवारी दर्ता भएको थियो ।

शुक्रबार अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।

संघीय संसद् सचिवालयका अनुसार रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *