नागढुङ्गामा अवैध लागूऔषध सहित पक्राउ परे २६ वर्षीय सुमन
थानकोट ।
नागढुङ्गाबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित एक जना युवा पक्राउ परेका छन् ।
बिहीबार दिउँसो १ ग्राम ७२ मिलिग्राम सो पदार्थसहित दाङ बबई गाउँपालिका-४ घर भएका २६ वर्षीय सुमन बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंजबाट काठमाडौं आउँदै गरेको बा ५ ख ४५ नम्बरको बसलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।














