प्रधानमन्त्रीको सचिवालयमा सात जना कर्मचारी नियुक्त, प्रेस विज्ञमा मनहरि तिमिल्सेना

Thankot Times

थानकोट । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् ।

गत बिहीबार प्रधानमन्त्री प्रचण्डले सचिवालयमा रहने कर्मचारीलाई नियुक्ति पत्र दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरिएको छ । यस्तै प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुंगाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई राखिएको छ ।

प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञ लगायत क्षेत्रमा कसैलाई नियूक्त नगरिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले  बताए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *