ललितपुरमा आगलागी हुँदा एक जना महिलाको मृत्यु

Thankot Times

थानकोट ।

ललितपुरमा आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ। आज बिहान ललितपुर महानगरपालिका-२५ भैसेँपाटी फुलबारी मार्गमा आगलागी भएको थियो।

जग्गा भाडामा लिई टहरा बनाएर धनकुटा घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ फूलबारी मार्ग बस्ने ३९ वर्षीय नम्रता राईको मृत्यु भएको हो। राईले जग्गा भाडामा लिएर टहरा बनाएकी थिइन्। तर, अचानक आगलागी हुँदा राईको जलेर मृत्यु भएको र टहरा पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ।

ललितपुर पुलचोकबाट गएको दमकल र स्थानीय प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा आएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *