अवैध लागूऔषधसहित समातिए अमित
थानकोट ।
नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवालाई पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम सहित झापा मेचीनगर नगरपालिका-७ घर भएका ३१ वर्षीय अमित राजवंशी शनिबार बिहान पक्राउ परेको प्रहरीले जनाएको छ।
काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ८११० नम्बरको बसलाई जाँच गर्ने क्रममा सो बसमा सवार राजवंशीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।













