यूएईमा हुने यु-१९ विश्वकप छनोटका लागि नेपाली टोली घोषणा
थानकोट ।
फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु-१९ पुरूष विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ।
एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्न पाउनेछ।













