धादिङमा वडाध्यक्ष र स्थानीयबीच मुक्कामुक्की, प्रहरीले भिडियाे बनाऊ है भिडियाे भनिरहे

Thankot Times

थानकोट ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच हातपात भएको छ । 

सडक निर्माणका लागि समिति गठनका क्रममा विवाद भएपछि वडाध्यक्ष हरि विक र स्थानीय बासिन्दाबीच हातपात भएको हो । 

समितिमा आफू अनुकूल व्यक्ति नराखिएको भन्दै एक स्थानीयले गठित समितिको माइनुट च्यातेपछि विवाद भएको हो ।

स्थानीय बासिन्दा र वडाध्यक्ष विककाे समूहबीच धकेलाधकेल चलिरहँदा त्यहाँ रहेका प्रहरी भने ‘भिडियो बनाऊ है भिडियो’ भनिरहेका थिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *