राष्ट्रिय स्वतन्त्र पार्टीले तोक्यो समिति र विभाग संयोजक

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ।

केन्द्रीय कार्यालय बसन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने निर्णय गरेको हो।

जसअनुसार केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल मनोनीत भएका छन् भने केन्द्रीय लेखा आयोगको संयोजकमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ।

केन्द्रीय अनुशासन तथा आचरण समिति प्रमुखमा भरतमणि देवकोटा र सदस्यहरूमा रामहरि सुवेदी, रमाकान्त रिमाल, यज्ञमणि न्यौपाने रहेका छन्।

साथै विवाद समाधान समिति प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समिति प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा छन्।

पार्टी महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकाललाई नीति तथा विचार विभाग प्रमुख तोकिएको छ।

अभियान तथा प्रचार प्रसार विभाग प्रमुखमा विपिनकुमार आचार्य मनोनीत भए। मानवीय विकास प्रवर्द्धन विभाग प्रमुखमा कुशुम महर्जन र प्रशिक्षण विभाग प्रमुखमा मुकुल ढकाललाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

संगठन विभाग प्रमुखमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ तथा सचिवमा शंकर श्रेष्ठ मनोनीत भएका छन्।

उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा अरनिको पाँडे, केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिनकुमार आचार्य मनोनीत भएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *