नेपाल प्रहरीको प्रवक्तामा डीआइजी पोखरेल

Thankot Times

थानकोट ।

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) पोषराज पोखरेललाई दिइएको छ ।

 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी

नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *