बाजुरामा भूकम्पको शक्तिशाली धक्का

Thankot Times

थानकोट ।

बाजुरा जिल्लाको मेला केन्द्र बिन्दु भएर आज दिउँसो ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिनुभयो । डोटीसहित सुदुरपश्चिमका धेरै जिल्लामा भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।

गत कार्तिक २२ गते बिहान खप्तड केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्युु भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *