चन्द्रागिरि नगरमा सामाजिक सुरक्षा भत्ता वितरण सुरू, कतै वडामा बाँडिँदै, कतै बैंकमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा दोश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरिएको छ । मंगलबारबाट चन्द्रागिरि नगरका विभिन्न वडाहरूले सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेका हुन् । 

मंगलबार चन्द्रागिरि ५ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडाले बैंकका प्रतिनिधिहरू वडा कार्यालयमै बोलाइ सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुभयो । त्यस्तै आजबाटै सतुंगलस्थित एभरेष्ट बैंकबाट चन्द्रागिरि नगरपालिका १५ ले सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेको वडाध्यक्ष घनश्याम लुंइटेलले जानकारी दिनुभयो । यसैगरी चन्द्रागिरि १३ पुरानो नैकापले पनि आजबाटै वितरण सुरू गरेको वडाध्यक्ष श्रीकृष्ण खत्रीले जानकारी दिनुभयो ।

बुधबार चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानले पनि वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वडाध्यक्ष सञ्जय सिग्देलले जानकारी दिनुभयो । चन्द्रागिरि ७ ले माघ १२ गते बिहीबारका लागि वडा कार्यालयमै सामाजिक सुरक्षा भत्त वितरणको व्यवस्था मिलाएको वडाध्यक्ष शम्भुकुमार केसीले जानकारी दिनुभयो । चन्द्रागिरि २ मा पनि बिहीबारबाट नै सामाजिक सुरक्षा भत्ता वितरणको तयारी भएको वडाध्इक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, चन्द्रागिरि ३ ले पनि बुधबारबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने सूचना जारी गरेको छ । वडाध्यक्ष दुर्गालाल महर्जनका अनुसार लाभग्राहीहरूले थानकोटस्थित एनआईसी एशिया बैंकमा सम्पर्क राख्न अनुरोध गर्नुभएको छ । चन्द्रागिरि ११ सतुंगलले पनि बुधबारबाटै महालक्ष्मी विकास बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । यसैगरि चन्द्रागिरि नगरपालिका १२ बलम्बुले पनि शुक्रबार नै वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनले जानकारी दिनुभयो । 

अन्य वडाहरूले पनि यथासिघ्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिरहेको नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो । 

चन्द्रागिरि नगरपालिकाले बैकिङ प्रणालीमार्फत नगरपालिकाले ज्येष्ठ, नागरिक, ज्येष्ठ नागरिक दलित, एकल महिला, विधवा महिला, पूर्ण अपागंता भएका नागरिक, आंशिक अपांगता भएका नागरिक, दलित बालबालिका स्याहार भत्ता शीर्षकमा हरेक तीन-तीन महिनामा सामाजिक सुरक्षा भत्त वितरण गर्दै आएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *