चन्द्रागिरि-९ मच्छेगाउँमा जग्गा पुनः नापी अभियान सुरू

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा जग्गा नापीको कार्य अभियानकै रूपमा सञ्चालन भइरहेको छ ।

माघ २ गतेबाट चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँ साबिक मच्छेगाउँ गाउँ विकास समिति क्षेत्रमा पुनः नापीको कार्य सुरू भएको छ । वडा कार्यालयले जग्गा धनीहरूले आ-आफ्नो जग्गा आफैंले घुमी नाप जाँच गराउनु अनुरोध  गरेको छ ।

वाल कम्पाउण्ड नभएका कित्ताका जग्गाधनीहरूले प्रत्येक कुनामा किला ठोक्नसमेत वडा कार्यालयले अनुरोध गरेको छ । जग्गा पुन नापीको कार्य यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको वडाध्यक्ष अच्यूत अधिकारीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *