सुनको भाउमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ भने चाँदीको स्थिर रहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला १ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ६ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ स्थिर हुँदा प्रतितोला १३ सय ६५ रूपैयाँ कायम भएको छ।

अघिल्लो दिनपनि चाँदीको भाउ प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *