प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली दिँदै मेयर बालेनले लेखे: हामी असफल भयौं

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नागरिकप्रतिको जिम्मेवारी निभाउने विषयमा राज्य असफल भएको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमार्फत् नागरिकप्रतिको जिम्मेवारीमा राज्य चुकेको बताएका हुन्।

सामाजिक सञ्जालमा लेख्दै उनको आत्मदाहले सबैभन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो। र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’

मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार बिहान कीर्तिपुर अस्पताल उपचारको क्रममा मृत्यु भएको हो।


One thought on “प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली दिँदै मेयर बालेनले लेखे: हामी असफल भयौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *