३४ केजी चरेससहित धादिङका ३२ वर्षीय तामाङ पक्राउ

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले ३४  केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

आज बिहान ३ बजे कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा वीरबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक जीवन निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले धादिङको गजुरी-८ किरानचोक बस्ने बर्ष ३२ का तामाङलाई उक्त मात्रामा  लागुऔषध सहित नियन्त्रणमा लिएको हो । 

तामाङबारे इलाका प्रहरी कार्यालय गजुरीले थप अनुसन्धान सुरु गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *