काठमाडौं महानगरको कार्यालय अगाडि अटो व्यवसायीहरूको प्रदर्शन

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका अगाडि अटो व्यवसायीहरूले प्रदर्शन गरेका छन्। बुधबार बिहान कुलेश्वर अटो व्यवसाय संघको संयोजकत्‍वमा आन्दोलन गरेको हो।

उनीहरूले महानगरपालिका अगाडि पुगेर नाराबाजी गरेका छन्।

‘काठमाडौं महानगरपालिका गरि खान देऊ’, ‘ट्राफिक आतंक बन्द गर’ लगायतका नारासहित आन्दोलन गरेका हुन्।

अहिले प्रदर्शनमा रहेका केही प्रतिनिधि छलफलका लागि महानगरपालिका गएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *