आगामी शनिबारसम्म राम्ररी घाम पनि नलाग्ने पानी पनि नपर्ने

Thankot Times

थानकोट ।

आगामी शनिबारसम्म घाम पनि नलाग्ने पानी पनि नपर्ने भएको छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावले बदली भएपनि पानी र हिउँ दुवै नपर्ने जनाएको हो ।

गत मंगलबार बेलुकादेखि पश्चिम नेपालीदेखि भएको बदली विस्तारै पूर्वतिर सर्दै गएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पूर्व अनुमान महाशाखाकी मौसमविद् प्रतीभा मानन्धरले बताइन । ‘पश्चिमी वायूको प्रभावका कारण मौसमी प्रणाली पश्चितिरबाट प्रवेश गरेर विस्तारै मध्य हुँदै पूर्वतिर सर्दैछ’ मौसमविद मानन्धरले भनिन्, ‘बादल लागेपनि वर्षा र हिउँ दुवै पर्ने सम्भावना देखिँदैन । कतिपय ठाउँमा आंशिक रुपमा छिटफुट वर्षा हुनसक्छ ।’

सुदूरपश्चिम प्रदेशमा भने बदली नभएको मानन्धरले बताइन् । हरेक हिउँदमा वर्षा हुने गरेपनि यो वर्ष हिउँ र वर्षा दुबै नपर्दा कृषकहरु मारमा परेका छन् । हिउँदमा पानी नआउँदा बालीनाली समेत राम्रो हुन नसकेको किसानहरु बताउँछन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *