टोखामा एक युवक मृत अवस्थामा फेला

Thankot Times

थानकोट ।

काठमाडौँको टोखामा एक युवक मृत फेला परेका छन् ।

टोखा नगरपालिका-३ भुतखेल डेरा गरी बस्ने उदयपुर रितु गाउँपालिका-६ घर भएका ३६ वर्षीय हेम बहादुर जोगी आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता बझाङ थलारा गाउँपालिका-३ लामातोलास्थित सेती नदीमा दुर्गाथली गाउँपालिका-१ बस्ने ७६ वर्षीया जौमती सार्की शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ सालडाँडा बस्ने ७१ वर्षीय देवराज भट्टराई आफ्नै घर नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *