सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने

Thankot Times

थानकोट ।

दक्षिणी अमेरिकाको सबैभन्दा प्रतिस्ठिट फुटबल प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण संयुक्त राज्य अमेरिकामा हुने भएको छ ।

यसअघि कोपा अमेरिका इक्वेडरमा हुने भनिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुने भएको हो ।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोली सहभागिता हुनेछन् ।  यसअघि सन् २०२१ को कोपा अमेरिका ब्राजिलमा भएको थियो ।

४७ औँ संस्करणको यो प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो । साथै अर्जेन्टिना कतार विश्व कप फुटबलको विजेता समेत हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *