आफैँलाई आगो लगाउन खोज्दा पोखरामा दुई जना घाइते

Thankot Times

थानकोट ।

पोखरामा आफैँलाई आगो लगाउन खोज्दा दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका १३ काहुँखोलामा आफैँलाई आगो लगाउन खोज्दा ४३ वर्षीय कृष्णबहादुर क्षेत्री घाइते भएका हुन् ।

उनलाई बचाउन जाँदा उनकी घरबेटी सङ्गीता सापकोटा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

उनले के कारणले आफैँलाई आगो लगाउने प्रयास गरेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *