काठमाडौंमा ‘डग शो’ हुँदै, २० हजार जित्ने अवसर

Thankot Times

थानकोट । 

कुकुर पारखीहरुलाई लक्षित गर्दै काठमाडौंमा ‘डग शो’ हुने भएको छ ।

एब्स्ट्रयाक्ट  पेट्सको आयोजनामा माघ २१ गते  काठमाडौंको भृकुटीमण्डपमा ‘डग शो २०२३’ हुन लागेको हो। 

एब्स्ट्रयाक्ट  पेट्सको अध्यक्ष पारस कपालीका अनुसार उक्त शोमा सबै थरिका कुकुरहरुले भाग लिन पाउने छन् । उक्त डग शोमा कुकुरलाई भाग लिनको लागि रु.१५०० र उक्त शो हेर्नको लागि प्रवेश शुल्क रु २५० लाग्ने अध्यक्ष कपालीले बताए। 

कपालीका अनुसार शो मा विभिन्न प्रतियोगिता हुने र कुकुरको ब्रीड अनुसार कुकुरको स्ट्याण्डर्ड छुट्याउन भारतबाट निर्णायकको रुपमा मुम्बईका करण सिंह वालिया आउने छन् ।  पपी क्लास, ब्रीड शो र ग्रुप शो गरि ३ विधामा शो गरिने उनले बताए । 

उनका अनुसार पपी क्लास शोमा पहिलो,दोश्रो र तेस्रो हुने छन् र ब्रीड शोमा बेस्ट अफ ब्रीड र दोस्रो बेस्ट अफ ब्रीडले उपहार पाउने छन् । त्यस्तै ग्रुप शोमा बेस्ट इन ग्रुप र रिजर्भ बेस्ट इन ग्रुपले उपाधि पाउने छन् । उपाधिको रुपमा ट्रफी,मेडल र गिफ्ट ह्याम्परहरु पाउने छन् । साथै बेस्ट इन शो हुनेले २० हजार नगद उपहार पाउने छन् । 

 शोमा कम्तिमा पनि १५ सय देखि २ हजार सम्म अवलोकनकर्ता आउने अपेक्षा  गरिएको अध्यक्ष कपालीले बताए।  उनका अनुसार अवलोकनकर्ताले  पनि लकी ड्र मार्फत विभिन्न पुरस्कारहरु पाउने छन्। 

डग शोको प्रायोजकको रुपमा ड्रोल्स डग फुड, रिफ्लेक्स, हिमालय हर्बल, मेडीलोजी बायोटेक, फल्फी पव्ज लगायत रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *