ग्वार्कोमा कार र ट्याक्सी ठोकिँदा दुई जनाको मृत्यु, ६ जना घाइते

Thankot Times

थानकोट । 

ललितपुरमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै गएराति कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परी ६ जना घाइते भएका छन्। 

दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाइते भएका थिए। ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोज कुमार विक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको उपचारको क्रममा बिएण्डबी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ। 

अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको र घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ वर्षीय वीरबहादुर विकको अवस्था गम्भीर रहेको छ। 

ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा२ज ३४२० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार गएराति साढे १२ बजे आपसमा ठोक्किएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *