वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आत्मनिर्भर लघुवित्तकाे आईपीओ खुल्याे
थानकोट ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आत्मनिर्भर लघुवित्तले आजबाट आईपीओ निष्कासनमा ल्याएको छ ।कम्पनीले एक सय अंकित मूल्यका २० हजार ३ सय ३८ कित्ता शेयरमा आजबाट आवेदन माग गरेको हो ।
लघुवित्तले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गर्ने निणर्य गरेको थियो ।
जसमा २० हजार ३ सय ३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले लघुवित्तको आईपीओमा १ फागुनसम्म आवेदन दिन सक्नेछन् ।













