गौशालामा बसको ठक्करबाट स्कुटरचालक २२ वर्षीया रोशनीको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको गौशालामा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार एक युवतीको आइतबार राति मृत्यु भएको छ ।

मृत्यु हुनेमा नारायणटार बस्ने गोरखाकी २२ वर्षीया रोशनी मगर रहेकी छिन् ।

चाबहिलबाट गौशालातर्फ गइरहेको प्रदेश ३-०१-००६ ख ११०९ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई आइतबार दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।

रोशनीको चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा आइतबार राति पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *