बागमतीका मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भक्तपुरका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकाल पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत हुन् ।

उनले माओवादीको केन्द्रीय घोषणा पत्र लेखन समितिका सदस्य भएर काम गरेका थिए ।

अर्थ तथा राजनीति क्षेत्रका जानकार मानिने ढकाल अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिव भएर पनि काम गरेका थिए ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख कानुनी सल्लाहकारमा यसअघि सिन्धुपाल्चोकका ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।  मुख्यमन्त्रीको प्रमुख कानुनी सल्लाहकारमा प्रदेश महान्यायाधिवक्ता नियुक्त हुने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ