माघ २२ गतेबाट चन्द्रागिरि नगरका सबै वडामा सडक कुकुरहरूमा बन्ध्याकरण गरिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका सबै १५ वटै वडाहरूमा छाडा चाैपाया (कुकुर) हरूमा बन्ध्याकरण, परजिवी नियन्त्रण र रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।

हिकाष्ट भेटेरिनरी शिक्षण अस्पताल र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा छाडा कुकुरहरूमा बन्ध्याकरण अभियान सञ्चालन गर्न लागिएको नगरको पशुसेवा शाखा प्रमुख बद्रीनाथ पाैडेलले जानकारी दिनुभयो ।
अभियान माघ २२ गतेबाट सुरू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *