एलआरआई बास्केटबल तथा फुटसल फेस्ट-२०७९ः आजबाट सेमिफाइनल खेलहरू

Thankot Times

थानकोट । 

एलआरआई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ को सेमिफाइनल समिकरण पूरा भएको छ । 

एलआरआई बास्केटबल तथा फुटसल फेस्ट २०७९ को  आज सेमिफाइनल खेलहरू हुनेछन् । 
 
बास्केटबलतर्फको क्वार्टरफाइनलमा एलआरआई र पुष्पसदन भिडेका थिए । विजयी एलआरआईले ४३ स्कोर गर्दा पुष्पसदनले ४२ स्कोर गरेको थियो । यस्तै, सीसीआरसी र ओमेगाको खेलमा ६७ स्कोर गरेको सीसीआरसीले जित हात पार्दै समिफाइनलको यात्रा तय गर्‍यो । 

यस्तै, नवोदित र सामाखुसी विद्यालयबीच भएको खेलमा नवोदित विजयी भएको छ । नवोदितले ४५ स्कोर गर्दा सामाखुसी विद्यालयले ३४ स्कोर गरेको थियो । क्वार्टरफाइनलको अन्तिम खेलमा टाइम्स कलेज विजयी भएको थियो । टाइम्सले ६० स्कोर गर्दा ग्लोबलले ४५ स्कोर गरेको थियो । 

१० टोलीले प्रतिस्पर्धा गरेको फुटसलतर्फ केसीसीएस, ट्रिटन, पुष्पसदन र ह्वाइटहाउसले सेमिफाइनलको यात्रा तय गरेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *