अवैध रूपमा यार्सागुम्बा कारोबार गरेको आरोपमा दुईजना पक्राउ

Thankot Times

थानकोट ।

अवैध रूपमा यार्सागुम्बा कारोबार गरेको आरोपमा प्रहरीले दुईजनालाई सोमबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कैलालीको लम्कीचुहा नगरपालिका-३ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिकास्थित पाँगा बस्ने २५ वर्षीय प्रकाश टमटा र जुम्ला गोठीचौर गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१८, नरदेवी बस्ने ४० वर्षीय गोविन्द गिरी रहेका छन् । 

प्रकाशलाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट र गोविन्दलाई काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले दुई किलो १३८ ग्राम यार्सागुम्बा समेत बरामद गरिएको छ । 

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रहरीले जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *