कीर्तिपुर नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेको सूचना दिनेलाई पुरस्कार दिने

Thankot Times

थानकोट । 

कीर्तिपुर नगरपालिकाले नगरको क्षेत्र भित्रका सार्वजनिक बाटो तथा सामुदायिक एवं सार्वजनिक क्षेत्रमा अनाधिकृत रूपमा फोहोर फाल्नेहरूको सूचना दिनेहरूका लागि प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । 

नगरको १३औं बैठकले सार्वजनिक क्षेत्रमा अनाधिकृत रूपमा फोहोर फाल्नेहरूबाट लिइने जरिवानाको दश प्रतिशत रकम सूचना दिने पक्षलाई पुरस्कार स्वरूप उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिनुभयो । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *