नेपाली काँग्रेस संसदीय दल कार्यसमिति बैठकका निर्णयहरू

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको संसदीय दल कार्यसमितिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

उक्त निर्वाचनका विषयमा अरू दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

यस्तै, यही माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको उनले बताए ।

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही माघ २३ गते हुँदै छ । माघ २२ गते मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ