थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी पाण्डेको सरूवा

Thankot Times

थानकोट । 

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । ११६ जना डीएसपीहरुको सरुवा गरिएको नेपाल प्रहरीको मानवश्रोत विकास विभागले जनाएको छ । 

प्रहरी वृत्त थानकोटका प्रमुख डिल्लीनारायण पाण्डे जिल्ला प्रहरी कार्यालय गुल्मी सरूवा भएका छन् ।  

उनको स्थानमा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका डिएसपी नारायण प्रसाद अधिकारी आउने भएका छन् । 

डिएसपी पाण्डेले २०७८ कात्तिक २५ गतेबाट प्रहरी वृत्त थानकोटको कमाण्ड सम्हाल्दै आएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *