आजको मौसम पूर्वानुमान: आंशिक बदलीदेखि सफा रहने
थानकोट ।
हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ ।
विभागले आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका भू-भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले तराईका भू–-भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ ।













