माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने

Thankot Times

थानकोट । 

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ। हिजो बिहीबार अपरान्ह बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन्तव्यसँगै सकिएको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा एजेण्डामा प्रवेश गर्ने सो दलले जनाएको छ । बैठक अपरान्ह ३ बजे बस्नेछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले दलका नेताहरुको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक विषय तथा सरकार सञ्चालनका विषयमा छलफल गर्ने महासचिव देवप्रसाद गुरुङले बताए ।

हिजो अपरान्ह ४ बजे बसेको बैठकमा अध्यक्ष प्रचण्डले सत्ता साझेदार दलबीच असन्तुष्टि बढ्दैगएकाले सरकार समस्यामा पर्नसक्ने संकेत गरेका थिए । सत्ता साझेदार एक घटक राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको माग गर्दै दुई दिनको अल्टिमेटम दिएपछि सरकारको नेतृत्वकर्ता दल माओवादीको बैठकमा आज छलफल हुने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ