पूर्व प्रधानसेनापति कटवाल आइसीयूमा भर्ना

Thankot Times

थानकोट । 

दुवै मिर्गौला फेल भएपछि नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्।

मिर्गौला फेल भएर डाइलसिस गराउँदैआएका कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा उनलाई भर्ना गरिएको हो । 

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पूर्व प्रधानसेनापति कटवाल एक हप्तादेखि आइसीयूमा रहेको बताए । प्रवक्ता भण्डारीका अनुसार उनले हप्ताको दुई दिन डाइलसिस गराउँदै आएका थिए ।

पल्मनेरि ह्यामरेज भएपछि उनलाई चिकित्सकको सल्लाहमा आइसीयूमा राखिएको हो। उनको स्वास्थ्य अवस्था स्थीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । 

कटवाल २०६३ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारीमा थिए ।

२०६६ वैशाख २० गते तत्कालिन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गरेपछि विवाद भएको थियो । तत्कालिन राष्ट्रपति रामबरण यादवले कट्वाललाई नै निरन्तर काम गर्न पत्र दिएपछि प्रचण्डले राजीनामा दिएका थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *