फाल्गुन तेश्रो साता ‘चन्द्रागिरि डान्स स्टार’ आयोजना हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र लुकेर रहेका प्रतिभाको पहिचान गरि व्यक्ति र व्यक्तित्वको पहिचान गराउने उद्देश्यले एकल नृत्य प्रतियोगिता ‘चन्द्रागिरि डान्स स्टार’ आयोजना हुने भएको छ ।

राइजिङ्ग स्टार कल्चर ग्रुपको आयोजनामा हुने प्रतियोगितामा चन्द्रागिरि नगरपालिका क्षेत्रमा बसोबास गर्ने प्रतिभाहरूले सहभागिता जनाउन पाउने आयोजक संस्थाले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका-७ स्थित महांकालस्थान ब्याडमिण्टन क्लबको कभर्ड हलमा फाल्गुन १९ र २० गते हुने अडिसनबाट चुनिएका शीर्ष १० स्थानभित्र पर्ने प्रतियोगीहरूबीच ग्रीनल्याण्ड ब्याङ्क्वेटमा अन्तिम चरणको प्रतिस्पर्धा गराई विजेता चयन हुने बताइएको छ ।

विजेताले ट्रफी, मेडल तथा नगद पुरस्कार पाउनेछन् ।

राइजिङ्ग स्टार कल्चर ग्रुपले विगतदेखी नै संस्कृति जगेर्नासम्बन्धी विविध सृजनात्मक एवं रचनात्मक कार्यहरू गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *