आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भु-भागहरुमा हुस्सु/कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार आज दिउँसो प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुन छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश-१ को हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *