चन्द्रागिरि- २ मसिनेमा अभिताम बुद्ध मुर्ति अनावरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ मसिनेमा निर्माण गरिएको अभिताम बुद्ध मुर्ति अनावरण गरिएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान सो मुर्तिको अनावरण गर्नुभएको हो ।

करिब २८ फिट उचाइको मुर्ति काठमाण्डाै महानगरपालिका ठहिंटीटोलका महेश्वरलाल श्रेष्ठ तथा इन्दु कुमारी श्रेष्ठले निजी जग्गामा निर्माण गर्नुभएको हो ।

मुर्ति अनावरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरू रमा आलेमगर, वसन्त मानन्धर, नेपाली काँग्रेसका नेता धर्मनन्द श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्नु हुँदै पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गाैतम बुद्ध जन्मिएको स्थलदेखी तिलाैराकोटसम्मको सडकको स्तरोन्नतिसँगै नामाकरणका लागि आवश्यक कार्य भइरहेको बताउनुभयो । सो क्रममा अध्यक्ष नेपालले स्थानीय स्तरमा निर्माण भएका सम्पदाहरूको संरक्षणमा स्थानीय सरकारले विशेष चासो दिनुपर्ने धारणा राख्नुहुँदै प्रदेश र संघ सरकारले सम्पदा संरक्षणमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *