गोकर्णेश्वर नगरपालिकामा ‘मायाको चिनो’ को खर्च कटाैती, बिल पेश भए भुक्तानी नपाइने

Thankot Times

थानकोट ।

गोकर्णेश्वर नगरपालिकाले अनावश्यक खर्च कटाैती गर्ने नीति लिएको छ ।

जसअनुसार नगरपालिकाले एक सूचना प्रकाशित गर्दै नगरपालिकासँग सम्झाैता गरी नगरपालिकाको बजेटबाट संचालन हुने जुनसुकै कार्यक्रममा पनि मायाको चिनो सम्बन्धी खर्च समावेश नगर्न सूचित गरेको छ ।
नगरप्रमुख दिपक कुमार रिसालले त्यस्ता कार्यक्रमको रकम फर्छ्याैट गर्दा मायाको चिनो सम्बन्धी बिल समावेश गरिएको पाइएमा रकम फर्छ्याैट नहुने जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *