आज उच्च पहाडी तथा हिमाली भू-भागका हिमपातको सम्भावना
थानकोट ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल प्रदेश-१ का पहाडी भू–भागमा आन्शिक बदली तथा तराईका धेरै स्थानहरुमा हुस्सु÷कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो तथा राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।













