राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको एकल उम्मेदवारी
थानकोट ।
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिएकी छिन्।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा छन्। कांग्रेसले यसअघि नै राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
अर्याललाई कांग्रेसले समर्थन गरेकाे छ।













