‘पार्टीभित्र कुनै मतभेद छैन’- माधवकुमार नेपाल

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गरेका छन् । 

आइतबार पार्टी केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकको समापन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गरेका हुन् ।

अध्यक्ष नेपालले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकताबद्ध बनाउन र सुदृढ बनाएर लैजान सुझाव दिएको विषयलाई फरक मत भनेर बाहिर ल्याइएको भन्दै असन्तुष्टि जनाए ।

पार्टीमा मतभेद नरहेको र नेताहरूबीच पनि कुनै खटपट नभएको उनको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीलाई एकतावद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता-कार्यकर्तालाई सचेत गराएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ