प्रधानमन्त्री दाहालले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई बोलाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ