स्वयम्भूमा ट्यांकरको ठक्करबाट बालिकाको मृत्यु
थानकोट ।
स्वयम्भूमा ट्यांकरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भक्तपुर घर भई स्वम्भूमा बस्दै बस्ने पाँच वर्षीया बालिका रियानी देउवाको ट्यांकरको ठक्करबाट मृत्यु भएको प्रहरी बृत्त स्वयम्भुका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।
स्वयम्भूको चागलमा साइकलमा खेलिरहेकी उनलाई बा. ३ ख. ५३६१ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । नजिकैको घरमा पानी खन्याउन आएको ट्यांकरले बालिकालाई गल्ल्तीमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्यांकर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।













