साफ यू-२० महिला च्याम्पियनसिप: फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्दै नेपाल
थानकोट ।
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा आज नेपालले फाइनल प्रवेशका लागि भारतविरुद्ध खेल्दैछ ।
च्याम्पियनसिपको प्रबल उपाधि दाबेदारको रुपमा रहेको भारतलाई हराए मात्र नेपालले फाइनलमा स्थान बनाउनेछ ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ४-० ले हराएको थियो ।
च्याम्पियनसिपको फाइनल पुग्न आज नेपाल जित्नैपर्ने दबाबमा छ ।
बंगलादेशको ढाकामा नेपाली समयानुसार दिउँसो २ः४५ बजेदेखि खेल सुरु हुनेछ । पहिलो खेलमा भुटानमाथि १२–० को फराकिलो जित निकालेको भारतले दोस्रो खेलमा भने बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
चार अंकसहित भारत तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल तीन अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।













