‘चन्द्रागिरि नगरमा हुने विकास निर्माणमा विद्युत प्राधिकरणको सदैव सहयोग रहनेछ’- कुलमान घिसिङ
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।
मंगलबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटवार्ता पछि सम्पन्न बैठकमा चन्द्रागिरि नगरपालिकामा संचालन भइरहेको उज्यालो चन्द्रागिरि अभियान, नगर क्षेत्रमा पर्ने राजमार्गमा संचालन भइरहेको विद्युतीय तार भूमिगत गर्ने कार्यको प्रगति तथा प्राधिकरण नगरपालिकाबीचको सहकार्यमा हुनसक्ने सडक बत्ती जडानको बारेमा छलफल भएको नगरप्रमुखको सचिवालयले जनाएको छ । सो क्रममा नगरप्रमुख गिरीले विभिन्न वडामा बिजुलीका खम्बा स्थानान्तरणका लागि सहजीकरणका लागि अनुरोध गर्नुभएको जनाइएको छ । प्रत्युरमा प्रबन्ध निर्देशक घिसिङले चन्द्रागिरि नगरपालिकालाई बैठकका क्रममा उठान भएका विषयमा हर सम्भव सहयोग र सहजीकरण उपलब्ध गराउनेतर्फ प्रतिबद्धता जनाउनु भएको नगरप्रमुखको सचिवालयले थानकोट टाइम्सलाई जानकारी दियो ।
बैठकमा नगर उप प्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत जीवन आचार्यका साथै नागार्जुन नगरपालिकाका उप प्रमुख शुशिला अधिकारी लगायतको उपस्थति रहेको थियो ।














