लमजुङ केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

Thankot Times

थानकोट ।

लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९  म्याग्निच्युडको भूकम्प गएको छ । लमजुङ सदरमुकार बेंसीसहरलगायतका स्थानमा पनि भूकम्प धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् ।

बुधबार बिहान ७ बजेर १७ मिनेट जाँदा लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसअघि कात्तिकमा सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *